न्याय निरुपणमा पोखराको न्यायिक समिति उत्कृष्ट: मेयर आचार्य
पाेखरा | जेठ ९, २०८१
पोखरा: पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले न्याय निरुपणका हिसाबले पोखरा महानगरपालिकाको न्यायिक समिति उत्कृष्ट रहेको बताउनुभएको छ ।
पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा बुधबारदेखि सञ्चालित मेलमिलापकर्ताका लागि सञ्चालित पुनर्ताजगी तालिमको उद्घाटन गर्दै उहाँले,“न्याय सम्पादन निरुपण गर्न दिएको काममा राम्रो कार्यसम्पादन गरेको स्थानीय तहका रुपमा स्थापित भएको छ । महानगरमा आउने क्षेत्राधिकारभित्रका विवाद र समस्यालाई न्यायिक समितिले निरुपण गरेका हकमा अदालतबाट पनि सुरु समितिकै निर्णय सदर भएका छन् । यसले गदाँ यहाँको न्यायिक समिति उत्कृष्ट ठहरिएको छ ।”
मेयर आचार्यले न्यायिक समितिमा थुप्रै समस्या आएका छैनन ।त्यो नआओस भन्नका लागि वडा तहमा मेलमिलाप केन्द्र स्थापना गरिएको बताउनुभयो ।
स्थानीय तह वडाका टोलटोलमा समस्या समाधान गर्न र सहजीकरणका लागि संयन्नत्रका रुपमा मेलमिलापकर्ताहरुको व्यवस्था गरेको बताउदै राज्यले मेलमिलापकर्तालाई गर्नुपर्ने सहयोग र सपोर्ट गर्न नसकिएको बताउदै त्यसका लागि न्यायिक समितिसंग छलफल गरेर मिल्ने सहयोग गर्नेर्छौ मेयर आचार्यले बताउनुुभयो ।
पोखरा महानगरपालिकाका उपमेयर एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले विवाद समाधानको उपयुक्त उपाय भएको बताउनुुभयो ।
“ मेलमिलापले विवादका दुवै पक्षलाई जितको अवस्था सृजना गर्ने भएकाले मेलमिलापले समाजमा सद्भाव कायम हुने गर्दछ ।”
उहाँले न्यायिक समितिलाई उत्कृष्ट बनाउन मेलमिलापकर्ताको सहयोग र साथले सम्भव नभएको बताउदै तालिमले विवाद समाधानमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
न्यायिक समिति सदस्य कालिदास पोखरेलले मेलमिलापकर्तालाई सहज हुने बताए । तीन सम्म चल्ने तालिममा पोखरा महानगर १९ देखि ३३ नम्बर वडाका मेलमिलापकर्ताको सहभागिता रहेको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

